३ असार २०८३, बुधबार
जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदै
सीके राउत नेतृत्वको जनमत पार्टीले आज (मंसिर १० गते) रंगभेदविरुद्धको एकता दिवस मनाउँदैछ।
जनमत पार्टीले तराई मधेसका २३ वटै जिल्लामा आज रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम तय गरेको हो।
२०७१ मंसिर १० गते काठमाडौँको सुन्धाराबाट राज्य पक्षले अध्यक्ष राउत लगायत तीन सय भन्दा बढी नेता कार्यकर्तालाई रंगकै आधारमा गिरफ्तार गरेको दाबी गर्दै जनमतले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउँदै आएको छ।
राउतले रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भावका लागि मंसिर १० गते रंगभेदविरूद्धको एकता दिवस मनाउँन प्रतिनिधि सभामा संकल्प प्रस्तावसमेत दर्ता गराएका छन्।नेपालखबर
Subscribe
Login
0 Comments



