१३ मंसिर २०८३, शनिबार
नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) बढुवाको तयारी
नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) बढुवाको तयारी भएको छ। ५ जना एसपी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएसँगै रिक्त संख्या ७ पुगेको हो।
७ एसपीका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिस्पर्धामा छन्। प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएकाहरु तीन चरणमा डीएसपीमा बढुवा भएका थिए।
पहिलो चरणमा डीएसपी बढुवा भएका सबै एसपीमा बढुवा भइसकेका छन्। दोस्रो चरणमा डीएसपी भएका मध्येबाट पनि तीन जना एसपीमा बढुवा भइसकेका छन्।
Subscribe
Login
0 Comments


