१३ मंसिर २०८३, शनिबार

नेपाल प्रहरीका सई घुससहित रंगेहात पक्राउ

एसीपी संवाददाता

१३ मंसिर २०८०, बुधबार ०८:४४ मा प्रकाशित

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बर्दियाबाट घुससहित रङ्गेहात एक जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले आज दिउँसो बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरका सई पवन साउदलाई सेटिङको ४० हजार घुस रुपैयाँसहित पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी मैनापोखरका मुद्दा शाखाका सई साउद लागूऔषध कारोबारीसँग सेटिङ मिलाइदिने भन्दै लिएको ४० हजार रुपैयाँसहित पक्राउ परेका हुन् । उनलाई नेपालगञ्ज सम्पर्क कार्यालयबाट गएको अख्तियारको टोलीले पक्राउ गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x