१३ मंसिर २०८३, शनिबार

हवाई उडानमा नेपाली र विदेशी पर्यटकलाई एउटै हवाई भाडा कायम गर्न सांसद राणाको माग

एसीपी संवाददाता

१५ मंसिर २०८०, शुक्रबार ०९:१० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले आन्तरिक हवाई उडानमा नेपाली र विदेशी पर्यटकलाई एउटै हवाई भाडा कायम गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद राणाले आन्तरिक उडानमा नेपाली र विदेशीका लागि फरक भाडादार राखिएकोले त्यसलाई परिवर्तन गर्नुपर्ने बताए । सांसद राणाले नेपालीलाई पाँच–छ हजार रुपैयाँ पर्ने हवाई भाडा विदेशीलाई भने २ सय डलर तोकेर विदेशीलाई नेपाल नआऊ भन्न खोजेको हो भन्दै प्रश्न गरे ।

एउटै उडानमा नेपालीलाई भन्दा विदेशीलाई पाँच–छ गुणा बढी भाडा भएकोले विदेशीहरूले अन्तरराष्ट्रिय उडान भन्दा पनि आन्तरिक उडान महँगो भनेर गुनासो गर्ने गरेको बताए । सांसद राणाले नेपालमा पर्यटन विकासका लागि यस्तो नीति हटाउनुपर्नेमा जोड दिए । उनले सरकारलाई कुनै काम गर्नका लागि समितिले आग्रह गर्ने नभई आदेश दिने नीति लिनुपर्नेमा पनि उनले जोड दिए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x