१३ मंसिर २०८३, शनिबार

उच्च अदालतमा भुटानी शरणार्थी प्रकरणको सुनुवाई सकियो, आज निर्णय आउन सक्ने

एसीपी संवाददाता

१५ मंसिर २०८०, शुक्रबार ०९:३४ मा प्रकाशित

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको  उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि शुरू भएको सुनुवाई सकिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाई सकिएको र आज निर्णय हुन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाई सकिएर अदालतले आज निर्णय सुनाउने भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x