७ कार्तिक २०८१, बुधबार

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

एसीपी संवाददाता

१६ मंसिर २०८०, शनिबार ०९:२८ मा प्रकाशित

भारत महाराष्ट्रका उपमुख्यमन्त्री तथा पुर्व मुख्यमन्त्री भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले महाराष्ट्र धार्मिक केन्द्र समेत रहेको भन्दै जनकपुरधामको जानकि मन्दिर र काठमाडौको पशुपतिनाथ मन्दिर अवस्थित जनकपुरधाम र काठमाडौलाई आफू जोड्ने प्रयास गर्ने बताए।
स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको अगुवाई र संस्थाका अध्यक्ष अरविन्द मह्तोको पहलमा मुम्बई पुगेको नेपाली पत्रकारहरु संगको भेटघाटमा बिजेपीका पुर्व महाराष्ट्र प्रदेश अध्यक्ष समेत रहिसकेका फडणवीसले १२ ज्योतिर्लिङ्ग मध्ये चार महाराष्ट्रमै रहेकाले महाराष्ट्र धार्मिक केन्द्र रहेकाले भारतको पहिलो अनन्य मित्र देश नेपालको पशुपतिनाथ र जनकपुरधामको सिधा सम्बन्ध बिस्तारका लागि आफु नेपाल छिट्टै पुगेर पहल गर्ने बताए ।
एसपी खबरका प्रधान सम्पादक पुरन गुप्ताले भारतिय प्रधानमन्त्री तथा युपीका मुख्यमन्त्री पनि पुगिसकेको राजर्षी राजा जनक र जगत जननी माता जानकीको भुमी जनकपुरधाम र पशुपतिनाथको भुमी काठमाडौ तपाईं पुग्न किन एती ढिलाइ गर्नु भएको ? भन्दै नेपाल आउन गरेको आग्रहमा उनले यस्तो बताएका हुन । नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष नह्कुल अर्यालले नेपाली क्रीकेट टोलीले गरिरहेको प्रगती ध्यानाकर्षण गराउदै मुम्बई क्रीकेट एकेडेमीमा नेपाली टोलीलाई समावेश गर्न गरेको आग्रहमा उनले भने, यो काम तुरुन्तै हुन सक्छ नेपालबाट आधिकारिक प्रस्ताव पठाउन तपाईंहरु पहल गर्नुस एताको जिम्मा म लिन्छु´। उपमुख्यमन्त्री फडणवीसले नेपाल भारतको सम्बन्ध प्रगाढ रहेको बताए । भने,भारत नेपालको सम्बन्ध कसैले चाहेर बिग्रनेवाला छैन ।´ नेपाली पत्रकारहरुले भारतको आर्थिक राजधानी मुम्बईका अगुवाका नाताले नेपालको आर्थिक उन्नती का लागि चलचित्र, गीत सङ्ग्गीत, खेल र युवा सदुपयोगको बिषयमा साझेदारी गरि नेपालको उन्नतिमा भुमिका लेखेर आर्थिक साझेदार बन्न आग्रह गरेका थिए ।  नेपाली टोलीबाट वरिष्ठ पत्रकार जगदिश शर्माले नेपाल कमजोर देश भएकाले भारत बिरोधीहरु प्रयोग गर्ने गरेकाले नेपालको उन्नति र समृद्धिक लागी भारत चिन्ताशिल हुनपर्ने, अनिल तीवारीले नेपालको आर्थिक उन्नतिका लागि भारत प्राविधिक सहयोग गर्नुपर्ने, श्याम सुन्दर पुडासैनीले भारतमा बस्ने नेपालीको हित र सहुलियत हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण सहित टोलीले नेपाल र जनकपुरधाम आउन गरेको आग्रहमा उपमुख्यमन्त्री फडणवीसले खुसी व्यक्त गर्दै आफू छिट्टै नेपाल आउने बताए ।
महाराष्ट्रको दुई पटक मुख्यमन्त्री समेत रहिसकेका फड्णवीस भाजपाका परिकल्पनाकार र संस्थापक गंगाधर रावका छोरा हुन । नेपाली टोलीलाई उनको सचिवालयमा उनका प्रचार प्रसार बिभागका निर्देशक राहुल तिर्केले स्वागत गरेका थिए । नेपाली टोलीका अगुवा मह्तोले पशुपतिनाथको टीका प्रसाद र रुद्राक्षको माला उपहार प्रदान गरेका थिए । एसपीन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x