१३ मंसिर २०८३, शनिबार

राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद : माधव नेपाल

एसीपी संवाददाता

१६ मंसिर २०८०, शनिबार १४:४५ मा प्रकाशित

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको खोल ओढेर बैंकको ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद र बेइमानी भएको बताएका छन् ।

नेपाल दलित मुक्ति संगठनको बागमती प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बैंकको ऋण नै मिनाहा गर्नु भन्नु हास्यास्पद कुरा भएको तर्क गरेका हुन् ।

उनले भने, ‘चर्को ब्याज भए घटाउन लगाउनु र केही ब्याज मिनाहा हुनु स्वभाविक हाे, तर राजावादीको खोल ओढेर ऋणनै मिनाहा गर्न लगाउनु नालायक कुरा हो ।’ 

यसैबीच उनले आँउदो माग ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा  दलितको उपस्थिति सङ्ख्या बढाउन दबाब दिने कुरा सकारात्मक भएको बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x