१३ मंसिर २०८३, शनिबार

नेपालगञ्जमा औषधि व्यवसायी संघको बृहत प्रशिक्षण कार्यक्रम

एसीपी संवाददाता

१७ मंसिर २०८०, आईतवार ०७:५४ मा प्रकाशित

नेपालगञ्ज । नेपाल औषधि व्यवसायी संघ बाँकेले बृहत व्यवसायी प्रशिक्षण कार्यक्रम गरेको छ । संघले आज नेपालगञ्जमा सकारात्मक सोच तथा व्यक्तित्व विकास, औषधि ऐन तथा विक्री वितरण संहिता र कर शिक्षा एवम् लेखा परीक्षण सम्बन्धि बृहत व्यवसायी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थोक उपाध्यक्ष शरदराज अधिकारीले जानकारी दिए ।

May be an image of 11 people and text

संघका अध्यक्ष जयदेव अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्तर्राष्टिय ख्यातीप्राप्त उत्प्रेरक व्यक्तित्व राजु घलेले सकारात्मक सोच तथा व्यक्तित्व विकास सम्बन्धमा उत्प्रेरणात्मक प्रशिक्षण दिएको अधिकारीले बताए । कार्यक्रममा जिल्लाभरका औषधि व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x