३० श्रावण २०८३, शनिबार

अस्ट्रेलियाविरुद्धको टी- २० सिरिज भारतले जित्यो

एसीपी संवाददाता

१७ मंसिर २०८०, आईतवार ०८:०१ मा प्रकाशित

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको टी- २० सिरिज जितेको छ ।

गएराती सम्पन्न सिरिजको चौथो खेल २० रनले जितेसँगै बह्र्तले ५ खेलको सिरिज एक खेल अगाडी नै ३-१ ले जितेको हो ।

भारतले दिएको १७५ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १५४ रन मात्र बनाएपछि भारत २० रनले विजयी भएको थियो ।

यसअघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

यस सिरिजमा भारतले शुरुका दुई खेल जितेको थियो भने अस्ट्रेलियाले तेस्रो खेल जितेको थियो ।

अब सिरिजको अन्तिम खेल आइतबार हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x