१० आश्विन २०८३, शनिबार

नेपाली नितिका कारण ब्यापार बिस्थापित बन्दै

एसीपी संवाददाता

१८ मंसिर २०८०, सोमबार १६:५८ मा प्रकाशित

लामो समयसम्म भएको लकडाउनले यहाँका व्यापारीहरू थलिएर पलायन हुन थालेको व्यापारी ऐरीको भनाइ छ। कोरोनाकालको लामो समयसम्म रहेको लकडाउनपछि झुलाघाटमा व्यापार निकै घटेको अर्का व्यापारी प्रकाश सिंह धामी बताउँछन्। ‘लकडाउनपछि यहाँका करिब ८० प्रतिशत व्यापारी फर्किएनन्, मानिसहरूको आउजाउ पनि छैन,’ उनले भने।

भारतीय बजारबाट आयात हुने सानो परिमाणको सामानमा पनि कर निर्धारण गरिएदेखि चहलपहल घटेको उनी बताउँछन्। कुनै समय सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाको सीमा बजारका रूपमा झुलाघाट बजारमा निकै चहलपहल हुने गरेको थियो भने नेपाली उत्पादन पनि निर्यात हुने गरेको थियो।

तर कोरोनाकालपछि यहाँको बजार निकै सुस्ताएको छ। यहाँका अधिकांश व्यापारीहरू पलायन भइसकेका छन्। कोरोनाअघि ७५ वटाभन्दा बढी पसल रहेको झुलाघाटमा अहिले २५ वटा पनि पसल नरहेको महाकाली भन्सार कार्यालय झुलाघाटले जनाएको छ।

सरकारले बेलाबेला झुलाघाटमा मोटरेबल पुल निर्माणको कुरा उठाउन गरेको छ। अपेक्षाअनुसार कुनै गतिविधि नहुँदा यहाँको व्यवसायीहरू पनि निरास छन्। झुलाघाट बजारमात्रै नभई सुदूरपश्चिमकै आर्थिक समृद्धिसँग जोड्नका लागि झुलाघाटमा मोटरेबल पुल निर्माण गर्न आवश्यक रहेको सरोकारवाला निकायको भनाइ छ।

मोटरेबल पुल निर्माणका लागि सरकारसँग माग राख्ने गरिए पनि उपलब्धि नभएको उद्योग वाणिज्य संघ बैतडीका कोषाध्यक्ष शेर सिंह भण्डारीले  बताए।  अन्नपूर्णपोस्ट

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x