१३ मंसिर २०८३, शनिबार

नेपालगन्जका विभिन्न पानी उत्पादन उद्योगहरूको अनुगमन

एसीपी संवाददाता

२१ मंसिर २०८०, बिहीबार १९:४३ मा प्रकाशित

रिसब सिंह वाडिया  , नेपालगन्ज =  बजार अनुगमन आज जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बिहीबार नेपालगन्जका विभिन्न पानी उत्पादन उद्योगहरूको अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी  लाल बहादुर गुरुङको नेतृत्वमा सरोकारवाला निकायहरुको सहभागितामा खानेपानी उत्पादन उद्योगहरुको अनुगमन भएको छ , अनुगमको क्रममा कैफियत पाईएकालाई देहाय बमोजिम समेत गरिएको छ ।
देहाय :-
१) रारा प्रोसेसेङ drinking water industry नेपालगन्ज -११  ,  भएको कारवाही  रु २०,००० जरिवाना , पुराना २२ वटा जार नस्ट गरिएको । अनुज्ञा पत्र नलिदा सम्म उत्पादन रोक्का  उत्पादन मा प्रयोग भएको पानी ( कच्चापदार्थ ) र उत्पादन भएको पानीको छुट्टाछुट्टै २ वटा नमुना परिक्षणका लागि संकलन गरिएको हो ।

२) Y.K. drinking water industry
भएको कारवाही : सुरक्षित तवरले पानी उत्पादन सुनिस्चित नहुदा सम्मका लागि उद्योग शिल गरिएको।
उत्पादन मा प्रयोग भएको पानी ( कच्चापदार्थ ) र उत्पादन भएको पानीको छुट्टाछुट्टै २ नमुना परिक्षणका लागि संकलन गरिएको ।

३) न्यु सगरमाथा पानी उद्योग
भएको कारवाही : बिल बिजक बिना कारोवार भएको पाईएकोले रु ५००० जरिवाना ।
उत्पादन मा प्रयोग भएको पानी ( कच्चापदार्थ ) र उत्पादन भएको पानीको छुट्टाछुट्टै २ नमुना परिक्षणका लागि संकलन गरिएको ।
४) खानेपानी संस्थानबाट बितरण हुने पानीको नमुना परिक्षणका लागि संकलन गरिएको ।
५) नगरक्षेत्र भित्रको १ वटा ह्याण्ड पम्पको पानीको समेत नमुना संकलन गरिएको ।
— प्रयोगशाला परिक्षणको नतिजाको आधारमा कैफियत पाईए थप कारबाही हुने ब्यहोरा समेत जानकारी गराउदछु । तीन पानी उद्योगलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले  जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x