अवैध रुपमा भन्सार छलेर ल्याईएको चामल बरामद
रिसब सिंह वाडिया , नेपालगन्ज = अवैध रुपमा भारतबाट ल्याईएको चामल प्रहरीले छापा मारेर बरामद गरेको छ । शुक्रबार जिल्ला बाँके नेपालगंज उ.म.न.पा. १ स्थित विभिन्न पसलहरूमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरि ल्याएका चामलहरू लुकाई छिपाई पल्टि गरि रहेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले उक्त पल्टी गरी रहेको स्थानमा खानतलासी गर्दा चामलहरू बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको हो
।१) जि. बाँके ने.ग. उ.म.न.पा. १ स्थित रहेको सुनिल गुप्ताले सँचालन गरेको लता आधुनिक चामल उधोग बाट चामल १३६ बोरा
२) जि. बाँके ने.ग. उ.म.न.पा. १ स्थित रहेको मंगल प्रसाद वैश्यले संचालन गरेको शिवम ट्रेडर्स बाट चामल २८ बोरा
३) जि. बाँके ने.ग. उ.म.न.पा. १ स्थित रहेको वारिस गुप्ताले संचालन गरेको न्यु राज ट्रेडिङबाट चामल ४४ बोरा जम्मा मुल्य रू.३,५३,६००।- ( तिन लाख त्रिपन्न हजार छ सय मात्र) जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगी ले प्रेस बिज्ञप्तिमा जानकारी दिनुभयो ।


