२१ श्रावण २०८३, बिहीबार
लाईसेन्स बनाईदिने बहानामा ठगी गर्ने ब्याक्ती पक्राउ
नेपालगन्ज बाके – लाईसेन्स बनाईदिन्छु भनि ठगी गर्ने मानिस पक्राउ परेका छ्न । बिभिन्न मितिमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाईदिन्छु भनी बिभिन्न ब्यक्तीहरुसंग नगद रुपैया लिई ठगि गरेको आरोपमा एक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा सूचना प्राप्त हुनसाथ तत्काल यस कार्यालयबाट खटिएको प्रहरी टोलिले निजलाई पक्राउ गरि आवश्यक अनुसन्धान एवं कारवाही अघि बढाईएको हो । लाईसेन्स बनाईदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुसंग नगद लिइ ठगी गर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं-८ का २८
वर्षीय सुरेश चौधरीलाई रहेको र बाँके प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो
Subscribe
Login
0 Comments


