१३ मंसिर २०८३, शनिबार

भारतमा संयुक्त सैन्य अभ्यास गरेर नेपाली टोली स्वदेश फिर्ता

एसीपी संवाददाता

२३ मंसिर २०८०, शनिबार ०९:५४ मा प्रकाशित

राजबिराज । नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्यकिरण संयुक्त अभ्यास सम्पन्न भएको छ।
मंसिर ८ गते देखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त तालिम अभ्यास बिहीबार समापन भएको छ ।

नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको सूर्यकिरण संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतंकवाद, जोखिम व्यवस्थापमा आधारित थियो ।
नेपाल र भारतमा आलोपालो सञ्चालन हुने अभ्यासको १७औं संस्करण भारतमा सञ्चालन भएको हो । अभ्यासको निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट सहायक रथी सानुकाजी थापा खटिएका थिए । अभ्यास समापनपश्चात् आज शुक्रबार नेपाली सेनाको टोली स्वदेश फिर्ता भएको नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x