लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन
रिसब सिंह वाडिया नेपालगन्ज = लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मुल नाराका साथ सम्पन्न भएको छ । आज आइतबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ने.उ.उ.म.न.पा. १ पुष्पलालचोक देखी निकालिएको र्याली ने.ग.उ.म.न.पा. १५ जमुनाहमा गएर कार्यक्रममा परिणत भएको थियो । 
लुम्बिनि प्रदेश सांसद माननीय मिना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाजगंज उप-महानगपालिका मेयर प्रशान्त बिष्ट, उप-मेयर कमरुद्दिन राइ, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा,पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह लगायत लैङ्गिक हिंसा विरुद्ध काम गर्ने बिभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । आजको सूचना ज़िला प्रहरी कार्यालय बाँकेले दिएको छ ।



