६ आश्विन २०८३, मंगलवार

सुन जस्तो पहिलो धातु सहित एक जना पक्राउ

एसीपी संवाददाता

२८ मंसिर २०८०, बिहीबार ०७:१९ मा प्रकाशित

रिसब सिंह वाडिया नेपालगन्ज  – नेपालगन्ज उपमहानगरपालिकामा एक जना पहेंलो धातु सुन जस्तो गहना सहित पक्राउ परेका छ्न । जिल्ला प्रहरी कार्यालय बाकेले जनाए अनुसार  उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । बाँके नेपालगंज उ.म.न.पा. १० साझा चोक स्थित चारबाहिनिबाट जमुनाह तर्फ जादै गरेको देश भारत बाबागंज बस्ने बर्ष ४० को बब्लु भन्ने संजय कुमार सोनीले चलाएको UP 40 AU 4199 नं.को मोटरसाईकललाई  सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले शंका लागी चेक जाँच गर्ने क्रममा, निजको साथबाट निम्न अनुसारको गरगहनाहरू बरामद गरि थप कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय, बाँके पठाईएको ।   पक्राउ परेका  सोनीबाट सुन जस्तो देखिने पहेलो धातुको गरगहना मिनिहार २ थान , मसिनो सिक्रि १ थान , नथिया ठुलो सानो १० थान , लकेट १ थान , कानमा लगाउने झाला ४ थान , औठी १ थान नेपालगंज सुनचाँदी व्यवसायि संग बाँकेको मिति २०८०।०८।२७ गतेको च.न. १०२ को पत्रद्वारा उक्त पहेलो धातु सुन रहेको प्रमाणित भएको) जम्मा तौल ७० ग्रामको बजार मूल्य रु. ६,७८, १५८।- (छ लाख अठहत्तर हजार एक सय अन्ठाउन्न रुपैया मात्र) अन्य वरामद भएका सामानहरु सुपर स्पिलिण्डर मो.सा. थान १, SAMSUNG कम्पनीको ट्याब थान १ , ग्यारेण्टी वाला कानमा लगाउने टप ५४ जोर , ग्यारेण्टी वाला कानमा लगाउने बेरुवा बाली ३१ जोर , रातो पोतेमा पाईप लगाएको थान १
जिल्ला प्रहरी कार्यालय, बाँके प्रहरी नायव उपरीक्षक नारायण डाँगी ले प्रेस बिज्ञप्तिमा जानकारी दिनुभयो । अहिले बाके जिल्लामा प्रहरीले निकै सक्रियताका साथ अपराधीहरुलाई पक्राउ गर्दै आएको छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x