१३ मंसिर २०८३, शनिबार

सर्वोच्चका ६ प्रस्तावित न्यायाधीशको सुनुवाइ समितिले आज निर्णय सुनाउँदै

एसीपी संवाददाता

४ पुष २०८०, बुधबार ०९:४७ मा प्रकाशित

काठमाडौं ।  सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरुको आज संसदीय सुनुवाइ समिति आज निर्णय सुनाउँदैछ ।

गत शुक्रबारबाट  सुरु भएको सुनुवाइ सोमबार  सकिएको हो । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका उनीहरुको नाम अनुमोदनका लागि आज बस्ने बैठकले  निर्णय गर्न लागेको हो ।

सर्वोच्चको न्यायाधीशमा न्याय परिषदले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको हो ।

उनीहरुको आज बिहान ११ बजे बस्ने बैठकले नाम अनुमोदन गरेमा राष्ट्रपतिले न्यायाधीशहरुलाई सपथ गराउने छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x