सर सफाइ अभियान मै नेपालगन्ज नगरबासी
रिसब सिंह वाडिया – नेपालगंजको त्रिभुवनचौक स्थित बजार मा आफ्नो फोहोर आफ्नै डष्ट्रबिनमा आफनो फोहोर आफै गाडीमा सभ्य समाज सफा बजार स्वस्थ जीवन फोहोर मुक्त सडक हामी सबैको अभियान भन्ने नाराका साथ शुरु भएको छ । यस नेपालगंज उप-महानगरपालिका क्षेत्रमा रहेका सार्बजनिक सडक, बाटो, चोक, गल्ली तथा मठ मन्दिर भएको स्थानमा दैनिक बिहानको समयमा सरसफाई तथा फोहर संकलन गरी नेपालगंज उप-महानगरपालिकाले फोहरमैला व्यवस्थापन गर्दै नेपालगंज उप-महानगरपालिकालाई सफा र सुन्दर सहर बनाउन प्रयास गर्दै आईरहेको छ । उक्त प्रयास सफल बनाउन नगरवासीहरुको समेत सहयोग आवश्यक हुने जानकारी गराएको हो ।
आयोजक संस्था बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायि संघ संविधान दिवसको अवसरमा नेपालगंजमा साप्ताहिक फोहर व्यवस्थापन कार्यक्रम गरेको छ ।
कार्यक्रम मा नेपालगंज उपमहानगरपालिका का प्रमुख मेयर प्रशान्त विष्ट र नागर प्रहारीहरु को उपस्थिति रहेको थियो।



