१३ मंसिर २०८३, शनिबार
नेपालगन्जबाट कस्तुरीको ५ थान बिना बरामद
नेपालगन्ज । नेपालगन्जबाट सशस्त्र प्रहरीले ५ थान कस्तुरीको बिना बरामद गरेको छ।
नेपालगन्जको जमुनाहस्थित सशस्त्र प्रहरीको प्रस्तावित भन्सार गुल्म जमुनाहले बिहीवार भारतबाट नेपाल ल्याउँदै गरिएको अवस्थामा कस्तुरीको बिना बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
जमुनाह भन्सारमा चेक जाँच का क्रममा एक जनाको झोलामा कस्तुरीको बिना ५ थान फेला परेपनी सोही क्रममा ती व्यक्ति फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरीले बरामद गरेको ८१ ग्राम तौलको ५ थान कस्तुरीको बिनालाई डिभिजन बन कार्यालय नेपालगन्ज बुझाएको हो। उक्त कस्तुरीको बिनालाई आबश्यक जाँच का लागि बन कार्यालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार पठाएको जानकारी दिएको छ।
Subscribe
Login
0 Comments


