भगवान श्रीराम जन्मभूमिमा निर्माणबारे नेपालगन्जमा कार्यक्रम
अगामी पौष शुक्ल द्वादशी, विक्रम संवत २०८० माघ ८ गते सोमवारका दिन (२२ जनवरी २०२४) को शुभ दिनमा भगवान श्रीराम जन्मभूमिमा निर्माण हुन लागेको नयाँ मन्दिरको भुइँ तल्लाको गर्भगृहमा श्रीरामको बालस्वरुपको नयाँ मूर्तिलाइ अभिषेक गरिने भएको छ । यस अवसरमा अयोध्यामा अभूतपूर्व आनन्दको वातावरण रहनेछ । तपाई हरु पनि अभिषेकको दिन (बिहान ११:०० बजे देखि ०१:०० बजे सम्म) आफ्नो गाउँ, टोल, बस्तीमा रहेको मन्दिरमा छरछिमेकका राम भक्तहरुलाई जम्मा गर्नुहोस र भजन-किर्तन गर्नुहोस, टेलिभिजन वा कुनै पर्दा स्क्रिनमा जीवन अभिषेक देखाउनुहोस । अयोध्यामा शंखध्वनि, घण्टी बजाउने, आरती गर्ने, प्रसाद वितरण गर्ने कार्यक्रम गरी समाजलाई अयोध्याको उत्सव मनाउने गरिन्छ । कार्यक्रमको प्रकृति मन्दिरकेन्द्रित हुनुपर्छ, भजन-कीर्तन, आफ्नो मन्दिरमा रहेका देवी-देवताको आरती पूजा गर्नुहोस र सामूहिक रुपमा “श्री राम जय राम जय जय राम” १०८ पटक पूजा गर्नुहोस् । यसका साथै हनुमान चालिसा, सुन्दरकाण्ड, रामरक्षा स्तोत्रा आदिको सामूहिक पाठ पनि गर्न सकिन्छ । सबै देवी-देवताहरु प्रसन्न हुनेछन, सम्पूर्ण भारतवर्षको वातावरण सात्विक र राममय बन्नेछ अभिषेक समारोह दूरदर्शनले प्रत्यक्ष प्रसारण गर्नेछ र धेरै च्यानलहरु मार्फत पनि प्रसारण गरिनेछ । प्राण प्रतिष्ठानको दिन साँझ सूर्यास्त पछि देवताहरुलाई प्रसन्न पार्न आफ्नो घरको अगाडि दीप प्रज्वलन गर्नुहोस दियो सजाउनुहोस र उज्यालोको पर्व विश्वका करोडौं घरमा मनाइयोस् । भगवान श्रीरामलला र नवनिर्मित मन्दिरको दर्शन गर्नेको लागि आफ्नो सुविधाजनक समयमा आफ्नो परिवार सहित अयोध्याजीमा पूगनूहोस । यस पतित पावन नेपालगंज नगरीमा जय महाकाल युवा समिति, नेपालगंज बाँकेले नगर याली र शोभा यात्रा कार्यक्रम आयोजन गरेको छ । साँझ ४:०० बजे स्थान बागेश्वरी मन्दिरको पार्कबाट शुभारम्भ हुने आयोजक जय महाकाल युवा समिति एवं समस्त सनातनीले आयोजकले जनाएको छ । 



