२९ श्रावण २०८३, शुक्रबार

बाँकेमा ‘प्रथम किशोरसिंह राठौर कप क्रिकेट प्रतियोगिता’ सुरु

एसीपी संवाददाता

७ पुष २०८०, शनिबार १६:१६ मा प्रकाशित

बाँकेमा ‘प्रथम किशोर सिंह राठौर यु–१६ विद्यालय स्तरीय कप क्रिकेट प्रतियोगिता–२०८०’ सुरु भएको छ।

नेपालगन्जस्थित मंगलप्रसाद उच्च मावि खेल मैदानमा प्रतियोगिता औपचारिक रुपमा सुरु भएको हो। उक्त प्रतियोगिताको प्रतिनिधिसभाका सांसद् एवम् नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले उद्घाटन गरे।

प्रतियोगिता उद्घाटन गर्दै नेता राठौंरले खेलकुदका गतिविधिले युवालाई गलत बाटोमा जानबाट रोक्ने बताए। ‘नेपालगन्ज जस्तो ऐतिहासिक ठाउँमा एउटा क्रिकेट रंगशाला बनाउन सकियो भने त्यसले नेपालगन्जलाई पहिचान दिने कुरामा धेरै ठुलो मद्दत पुग्ने छ, युवालाई गलत बाटोमा जानबाट रोक्नका लागि खेलकुदका गतिविधि गर्न जरुरी छ,’ उनले भने।

खेलकुदले युवालाई अनुशासित, मर्यादित र देश प्रेमी बनाउने कांग्रेस सह–महामन्त्री राठौरको विश्वास छ। खेलकुद देशका लागी मात्र नभएर देशभित्रका युवाले अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि अत्यन्त ठुलो भूमिका हुने बताए।

‘आज युवाहरू दुर्व्यसनीमा लागेर बिग्रिरहेको बेला बाँकेका युवाहरुले यस्तो खेलको सुरुवात गरेर यहाँका युवालाई जुन प्रेरणा दिने प्रयत्न गर्नुभएको छ, त्यसको लागि म हृदयदेखी नै धन्यवाद दिन चाहन्छु,’ उनले भने।

उनले बाँके जिल्लाको खेलकुद विकासमा ध्यान दिनुपर्नेमा जाेड दिए। ‘मैले आफ्नो तर्फबाट केन्द्र, प्रदेश वा स्थानीय सरकारलाई भन्नुपर्ने कुराको लागि तयार छु, तपाईँहरूले अलि मेहनत गर्नुस्।’ उनले भने।

प्रतियोगिता देशका लागि योगदान दिने नेताको नाममा गर्दा अझ प्रभावकारी हुने उनको भनाई छ। ‘हुन त यो मेरो नामबाट यो टुनामेन्ट हुन गइरहेको छ, भाइहरू आउनुभयो, दाइ तपाईँको नामबाट गर्छौ भन्नुभयो,’ राठौंरले भने ‘वास्तवमा यस्ता खाले टुनामेन्टहरु मेरो नामबाट भन्दा पनि यो देशलाई योगदान दिने, यो देशका जनतालाई रैतिबाट नागरिक बनाउने, यो देशका जनतालाई अधिकार सम्पन्न बनाउने विपी कोइराला, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण सम्शेर र सुशिल कोइराला जस्ता नेताहरुको नामबाट आउँदा दिनमा अगाडी बढाउनका लागि म अनुरोध गर्न चाहन्छु।’

प्रतियोगितामा बाँकेका विभिन्न १७ वटा टिम सहभागी भएको आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीले जानकारी दिए। नकआउटको आधारमा खेलाइएको प्रतियोगिताका विजेता टिमले नगद ५० हजार, उप–विजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट्स म्यानले समान ५/५ हजार नगद प्राप्त गर्नेछन्। खेलको प्लेयर अफ द म्याचले नगद १ हजार प्राप्त गर्ने अध्यक्ष शाहीले बताए। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x