२९ श्रावण २०८३, शुक्रबार

प्रथम किशोरसिंह राठौर यु–१६ कपः आदर्श हाइस्कुल विजयी

एसीपी संवाददाता

११ पुष २०८०, बुधबार २२:४३ मा प्रकाशित

नेपालगञ्ज । आदर्श हाइस्कुलले प्रथम किशोरसिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जीत हासिल गरेको छ । नेपालगञ्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा आदर्शले पशुपति इङ्लिश मिडियम हाइस्कुललाई ९ विकेटले पराजित गरेको छ ।

सुरुवातमा ब्याटिङ गरेको पशुपतिले ११.४ ओभरमा ५२ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि अमन बर्माले १३ रन, अनन्त जोशीले ११ रन बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । आदर्शका जीवन बटालाले ३ विकेट, नितेश न्यौपाने र मंयक कुमारले २–२ विकेट लिए । झिनो विजयी लक्ष्य पाएको आदर्शले ४.१ ओभरमा १ विकेटको नोक्सानीमा जीत हासिल गरेको थियो ।

आदर्शका लागि अनुप जोशीले अविजित १७ रन, टोपेन्द्र रोकायले १४ र मंयक कुमारले अविजित ३ रन बनाए । आदर्शले २३ रन अतिरिक्त पाएको थियो । पशुपतिका अनुप कार्कीले १ विकेट लिए । खेलमा म्यान अफ द म्याच घोषित आदर्शका जीवन बटालालाई खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पुरस्कृत गरिन् ।

ज्योति स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमले सहभागिता जनाएका छन् । आयोजक ज्योति स्पोर्ट्स एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् । यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाइस्कुल, आदर्श, मोडर्न, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।

प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिष्पर्धा गराइएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट्सम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x