१ श्रावण २०८३, शुक्रबार

इजरायल थप आक्रामक बन्दै, गाजा र लेवनानमा दर्जनौं हवाई हमला

एसीपी संवाददाता

२२ आश्विन २०८१, मंगलवार १०:३२ मा प्रकाशित

हमासले गरेको हमलाको एक वर्षे शोक कार्यक्रम मनाएकै दिन इजरायल थप आक्रामक बनेको छ।

अघिल्लो वर्ष अक्टोबर ७ मा हमासले इजरायल भित्र पसेर आक्रमण गरेको वर्षगाँठकै दिन इजरायलले गाजामा हमला गरेको हो। पछिल्लो इजरायली आक्रमणमा ७७ जनाको मृत्यु भएको छ। सय भन्दा बढी घाइते भएका छन्।

गत वर्षको अक्टोबर ७ मा हमासले गरेको सामूहिक हत्यामा  १२ सय इजरायली मारिएका थिए । त्यसयता इजरायली सेनाले जारी राखेको जवाफी आक्रमणमा ४१ हजार मानिसको ज्यान गइसकेको छ।

त्यस्तै इजरायलले सोमबार एकै दिन लेबनानका सय भन्दा बढी स्थानमा हवाई हमला गरेको छ। इजरायलले हिजबुल्लाह समूहलाई लक्षित गरेर दर्जनौँ लडाकु विमानबाट लेबनानमा आक्रमण गरेको हो।

इजरायली आक्रमणबाट राजधानी बेरुतसहित दक्षिणी लेबनानका विभिन्न ठाउँका कैयौँ भवन ध्वस्त भएका छन्। इजरायली सेनाले हिजबुल्लाह समूहका हतियार केन्द्रमा लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ।

इजरायली सेनाको आक्रमणको प्रतिकार गर्दै  हिजबुल्लाह समूहले पनि इजरायलमा १३० वटा मिसाइल प्रहार गरेको समाचार संस्था अलजजिराले जनाएको छ।

हिजबुल्लाह समूहले प्रहार गरेका सबै मिसाइल आकाशमै नष्ट गरिएको इजरायली सेनाको दाबी छ। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x