१ श्रावण २०८३, शुक्रबार

२० लाख घरहरूमा बिजुली अवरुद्ध हुँदा अमेरिकी जनता त्रासमा

एसीपी संवाददाता

२४ आश्विन २०८१, बिहीबार १९:५५ मा प्रकाशित

काठमाडौं । मिल्टन आँधीका कारण अमेरिकाको फ्लोरिडामा स्थिति नाजुक बनेको छ । बीबीसीका अनुसार सरकारी अधिकारीहरूले यो आँधी थप घातक हुनसक्ने र तीव्र हावाले अचानक बाढी आउन सक्ने चेतावनी दिएका छन् । उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी रहेको प्रकोप हेर्ने अमेरिकी निकायले जानकारी दिएका छन् ।

आँधीका कारण १६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । बाढी र तीव्र हावाका कारण फ्लोरिडाका २० लाखभन्दा बढी घर र पसलहरू विद्युतविहीन छन् । आँधी तटीय क्षेत्रमा पुग्नुअघि नै करिब १२५ घरमा क्षति पुगेको थियो । यद्यपि, तीमध्ये अधिकांश अस्थायी घरहरू थिए । स्थानीय समयअनुसार विहीबार बिहान ३५ जना मानिसलाई पानीको बहावबाट उद्धार गर्नुपरेको थियो ।

केही सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढीका कारण पानी विषाक्त भएको भन्दै यसबाट बच्न सरकारी अधिकारीहरूले सचेत गराएका छन् । ‘यसबाट बच्न बाहिर निस्कनुहुँदैन, कृपया यसबाट बच्न यो पानीसँग जोगिनुहोस्’ सरकारी अधिकारीले फेसबुक स्टाटसमा लेखेका छन् ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x