१ श्रावण २०८३, शुक्रबार

हुथी लडाकुले रकेट र मिसाइलबाट दुईवटा जहाजलाई निशाना

एसीपी संवाददाता

२५ आश्विन २०८१, शुक्रबार १४:१८ मा प्रकाशित

एजेन्सी –  हुथी लडाकुले रकेट र मिसाइलबाट दुईवटा जहाजलाई निशाना साँधेर आक्रमण गरेको छ । लेबनानको राजधानी बेरुतनजिकै यमनको यो लडाकुसमूहले उक्त आक्रमण गरेको दाबी गरेको हो ।

हुथीले निशाना बनाएको दुईमध्ये एक जहाज अमेरिकाको आयल ट्याङ्कर भएको बताइएको छ । उक्त जहाजको नाम ‘ओलम्पिक स्पिरिट’ रहेको बीबीसीले उल्लेख गरेको छ । उक्त जहाज लाल सागरमा भएको बेला हुथीले आक्रमण गरेको थियो ।

त्यस्तै हुथीको आक्रमणमा परेको अर्को जहाजको नाम भने ‘सेन्ट जोन’ हो । उक्त जहाज हिन्द महासागरमा रहेको बेला हुथी समूहले आफ्नो निशाना बनाएको थियो ।

नोभेम्बर सन् २०२३ यता हुथीले हालसम्म कुल १०० जहाजलाई आफ्नो निशाना बनाइसकेको बीबीसीले जनाएको छ । त्यसमध्ये दुई जहाज भने डुबेका थिए । गाजामा इजरायली सैन्य अभियानको बदला लिन जहाजलाई निशाना साँधिएको हुथी समूहले जनाउँदै आएको बीबीसीले उल्लेख गरेको छ ।

यमनको ठूलो क्षेत्रमा हुथी लडाकुको नियन्त्रण छ । लालसागर भएर जाने जहाजहरूलाई अक्सर यो समूहले निशाना बनाउँदै आएको छ । हमास र इजरायलबीच लडाइँ सुरु भएयता हुथी लडाकुले इजरायलमाथि थुप्रैपटक मिसाइल तथा ड्रोन आक्रमण गरिसकेको छ ।

हुथी यमनको अल्पसंख्यक शिया ‘जैदी’ समुदायको एक हतियारधारी समूह भएको बीबीसीले जनाएको छ । यो समूदायले सन् १९९० को दशकमा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहको कथित भ्रष्टाचारविरुद्ध लड्नका लागि हुथी समूहको गठन गरेको थियो ।

अभियानको संस्थापक हुसेन अली हुथीको नाममा यो समूहको नामाकरण गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x