१ श्रावण २०८३, शुक्रबार

बंगलादेशमा राजनीतिक स्थायित्व आएदेखि नै हिन्दूमाथि आक्रमण शुरु

एसीपी संवाददाता

१८ कार्तिक २०८१, आईतवार १३:३७ मा प्रकाशित

नयाँ दिल्ली  : छिमेकी देश बंगलादेशमा राजनीतिक स्थायित्व आएदेखि नै हिन्दूमाथि आक्रमण बढेको छ । यद्यपी बंगलादेशमा अहिले यी हमलालाई लिएर विरोध प्रदर्शन सुरु भएको छ । यसका साथै पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पनि बंगलादेशमा हिन्दुमाथि भएको अत्याचारको निन्दा गरेका छन् । यसैबीच बंगलादेशमा सयौं मानिसले हिन्दूमाथि हुने अत्याचारको विरोधमा र्‍याली निकालेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार र्‍याली आयोजकहरूले अल्पसंख्यकहरूको संरक्षणका लागि कानून बनाउन र शासनमा अल्पसंख्यकहरूको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गर्न अन्तरिम सरकारलाई थप अनुरोध पनि गरेका थिए। हिन्दू नागरिक नेता चारुचन्द्र दास ब्रह्मचारीले समाचार एजेन्सी एएफपीलाई भने, “सल्लाहकार परिषदले अल्पसंख्यकहरूले भोग्नुपरेको पीडालाई स्वीकार नगर्नु अत्यन्तै दु:खद रहेको बताएका हुन ।  “मैले उनीहरूमाथि हुने अत्याचार देखेको छु – उनीहरूको मन्दिर, व्यवसाय र घरहरूमा आगो लगाउने जस्ता घटना समेत बाङ्लादेश हुने गरेको बताएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x