१ श्रावण २०८३, शुक्रबार

चीन अझै पनि विश्वकै ठुलो कार्बन उत्सर्जक र प्रदूषक

एसीपी संवाददाता

२० कार्तिक २०८१, मंगलवार १८:२२ मा प्रकाशित

चीनले कोइला र तापीय उर्जा प्लान्टहरूको विस्तारका कारण विश्वकै सबैभन्दा ठूलो कार्बन उत्सर्जक र प्रदूषकको रूपमा आफ्नो स्थान कायमै राखेको छ। कोइलामा निर्भर रहेको चीनले सन् २०२४ को सेप्टेम्बर महिनामा कोइला आयातमा कीर्तिमानी उच्च ४७.५९ मिलियन टनको आँकडा कायम गरेको छ।

विश्वव्यापी कोइला खपतमा ६० प्रतिशत हिस्सा चीनको रहेको छ, जसले सन् २०२३ मा पनि नयाँ तापीय उर्जा प्लान्टहरूको निर्माणमा अग्रणी भूमिका खेलेको छ। चीनले विश्वभरका २८ देशहरूमा कम्तीमा १०३ कोइला प्लान्टहरू निर्माण गर्ने योजना बनाएको छ, जसबाट ४३० मिलियन टन थप कार्बन डाइअक्साइड वायुमण्डलमा निस्कनेछ।

सन् २०२१ मा राष्ट्रपति सी जिनपिङले अन्य देशहरूमा कोइलाबाट चल्ने नयाँ प्लान्टहरू नबनाउने प्रतिबद्धता जनाए तापनि, पछिल्लो रिपोर्टहरूमा चीनले दक्षिणपूर्वी एसिया, मध्य एसिया र अफ्रिकामा नयाँ कोइला परियोजनाहरूको निर्माण जारी राखेको देखाइएको छ।

चीनको यो निरन्तर बढ्दो कोइला निर्भरता तथा उत्पादनले विश्वव्यापी रूपमा कोइलाको प्रयोगमा वृद्धि गरिरहेको छ। विशेषज्ञहरूले यसलाई पेरिस सम्झौताको लक्ष्यहरूमा पुग्न चीनको असफलता भनेर व्याख्या गरेका छन्। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x