१६ बैशाख २०८३, बुधबार

राष्ट्रसंघको मञ्चमा मधेसीका मुद्दा

एसीपी संवाददाता

२३ मंसिर २०८१, आईतवार १५:२९ मा प्रकाशित

काठमाडौँ —संयुक्त राष्ट्र संघले गरेको अल्पसंख्यकका मुद्दा विषयको १७ औं सत्रमा मधेसी समुदायको विषयलाई उठान गरिएको छ ।

मधेसी एकता समाजका अन्तर्राष्ट्रिय संयोजक डा.रवीन्द्रकुमार यादवले स्विट्जरल्यान्डमा आयोजित राष्ट्रसंघको मञ्चमा मधेसी समुदायले झेल्दै आएको विभेद र न्यून प्रतिनिधित्व तथा बहिष्कारका सवाललाई उठाएका छन् ।

संस्थाका तर्फबाट प्रतिनिधित्व गर्दै उनले नेपालमा मधेसीले एक तिहाइ जनसंख्या ओगटे पनि उनीहरु राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा पछाडि पारिएको चर्चा गरे । विभेदपूर्ण र कठोर नागरिकता कानुनले धेरै मधेसी अझै पनि राज्यविहीन रहेको उनले भनेका छन् । नोभेम्बर २८ र २९ मा अल्पसंख्यक मुद्दामा राष्ट्रसंघले १७ औं सत्र चलाएको हो ।

भूमि र जनसंख्याको सन्तुलनको समस्या, शिक्षा र रोजगारीमा असमानता, राज्यका निकायहरुमा मधेसी समुदायको न्यून प्रतिनिधित्व रहेको जस्ता मधेस केन्द्रित विषयलाई यादवले उठाएका थिए । मधेसी समुदायले न्याय, समावेशिता र प्रतिनिधित्व चाहेको कुरा राष्ट्रसंघको मञ्चमा यादवले ध्यानाकर्षण गराएका हुन् । उनले विशेष अधिकारका लागि नभई समानता, सम्मान र न्यायका लागि मधेसी समुदायले संघर्ष गरेको उल्लेख गरे । नेपाल र अन्तर्राष्ट्रिय समुदायले मधेसीहरुले उठाएका मुद्दाको समाधानतर्फ अग्रसरता देखाउनु पर्ने उनको भनाइ थियो ।ekantpir

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x