१ श्रावण २०८३, शुक्रबार

दक्षिण कोरियामा भयानक जहाज दुर्घटना , एक सय ७९ जनाको मृत्यु

एसीपी संवाददाता

१४ पुष २०८१, आईतवार १५:५५ मा प्रकाशित

नेपालगन्ज  । दक्षिण कोरियामा आज बिहान भएको भयानक जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ ।

कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको जेजु एयर जहाज दुर्घटनामा दुई जनाको जिवितै उद्धार हुँदा १७९ जनाको मृत्यु भएको छ ।

विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो । समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

उद्दार टोलीले जहाजका एक सदस्य र एक महिला यात्रुको उद्धार गरेको हो । उनीहरुको अहिले अस्पतालमा उपचार जारी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x