मिरमिरे यो जीवनमा आशाको किरण बनेर आयौ तिमी ( भावना )
नुर मोहम्मद अन्सारी – मिरमिरे यो जीवनमा आशाको किरण बनेर आयौ तिमी उज्यालोमा रमाउन नपाई अन्धकारमा धकेली गयौ तिमी अल्झिएको थिएँ म यो यात्रामा सहयात्री बनि आयौ तिमी गन्तब्य सम्म पुग्न नपाउँदै दोबाटोमा एक्लै छोडि गयौ तिमी !
टुक्रिएको यो कोमल मनको मलहम बनेर आयौ तिमी घाउँ निको हुन नपाई फेरि आफैंले टुक्रा पारी गयौ तिमी हारेको थिएँ म आफैसँग जिउने आधार बनि आयौ तिमी सफलताको शिखर चढ्न नपाउँदै साथ छोडि कहाँ गयौ तिमी !
थकित ग्रस्त यो शरीर बिसाउने चौतारी बनेर आयौ तिमी छहारीमा सुस्ताउन नपाउँदै आगो सल्काइ गयौ तिमी थाकेको यो नयनमा एक साझा सपना बनि आयौ तिमी दुई कदम संगै हिँड्न नपाउँदै अन्तै पाईला मोडि गयौ तिमी !
उदासी यो जिवनमा मिठो हाँसो बनेर आयौ तिमी हाँसोलाई बटुल्न नपाई आफैसँग लिएर गयौ तिमी आँसुमा भिज्दै थिएँ शितल झरना बनि आयौ तिमी पिडाहरु पखाल्न नपाउँदै आँसुको समुन्द्रमा डुबाई गयौ तिमी !
दुविधामा थियो यो जिवन दरिलो आट बनेर आयौ तिमी फेरि मर्नु न बाँच्नु को दोधारमा छोडेर कहाँ गयौ तिमी मेरो माया थिएनौं तिमी तर मायालु बनेर आयौ तिमी आज मायामा विश्वास नै नलाग्ने गरि टाढिएर गयौ तिमी
बिहानीको किरण संगै याद बनेर आउने गर्छौ तिमी अनि बल्झिएको घाउमा नुन छर्केर जान्छौं तिमी प्रत्येक रात मिठो सपना बनि आउँछौ तिमी आँखा उघारी हेर्दा आँसु दिएर जान्छौं तिमी



