९ असार २०८३, मंगलवार
भारत सरकारद्वारा निर्मित छात्रावास भवन उद्घाटन
मुस्ताङ । उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित लोवो न्यिफुग नामद्रोल नोर्बुलिङ गुम्बा विद्यालयका लागि निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ ।
उक्त भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा राजदूत श्रीवास्तवले नेपाल–भारत विकास साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै साझा समृद्धिका लागि सहकार्य जारी रहने बताए ।
स्थानीय जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापनले नयाँ छात्रावासले विद्यार्थीको आवासीय सुविधा र सिकाइ वातावरणमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् ।
Subscribe
Login
0 Comments



