११ असार २०८३, बिहीबार

वर्तमान गठवन्धन को उर्जा स्खलित हुदै

एसीपी संवाददाता

११ माघ २०८१, शुक्रबार १४:४९ मा प्रकाशित

ओम  आचार्य
अहिले नेपालको राजनीति एक दलले अर्को दललाइ कमजोर पार्ने खेलमै व्यस्त रहेका छन ! कहिले माओवादी एमालेलाइ कमजोर वनाउन साथ छोडछन !कहिले एमाले माओबादीलाइ कमजोर वनाउन साथ छोड्छन ! कहिले कही चै काग्रेसलाइ छोडेर यि दुइ दल संगै रहने गरेकाछन! यि दुई दलले प्रयोग गर्ने भनेको दल चै काग्रेस भएको छ!भुपि शेरचनको कवितामा प्रयोग भएको सव्द गोटी काग्रेस र स्ट्राईगर चै एमाले र माओवादी वन्दै गरेक छन !

अहिले सम्म विकाश , शुशासन र भ्रष्टचार मुक्त त धेरै परको कुरा भयो न्युनिकरण सम्ममा पनि कुनै दल ले कार्य गरेको देखिन्दैन मात्र एक दलले अर्कोलाइ कमजोर र निरिह दलमा परिणत गर्ने कार्य भएको छ।


अहिले काग्रेस र एमालेको  दुृई दलको सरकारलाइ  सक्तिशालि सरकार भनिएपनि सरकारको उर्जा पटक पटक स्खलित भईरहेको छ ! कहिले मधेसबादी दलको एकताको अभियानले त कहिले प्रचण्ड को अभिव्यक्तीले त कहिले सात दल एकै ठाउमा उभिनाले त कहिले चन्द्र भण्डारी र शशांक कोइरालाको माँझमा वसेर खिचिएको प्रचण्डको तस्विरले सरकारको उर्जा स्खलित भैरहेको छ! र यसैको बचावमा घाटीका नशा भुलाउदै एमाले र काग्रेस विशेश गरेर संस्थान  यो गठवन्धन चौराशी सम्म कायम रहन्छ भन्दै पुन उर्जा खर्च गर्दै छन!

मानिस तर्सिदा झस्किन्दा पनि उर्जा खर्च हुन्छ ! जस्तो कसैले दृस्टि भ्रममा परेर डोरीलाइ सर्प देखेर तर्सिदा झस्किदा जसरी उर्जा खर्च हुन्छ! अहिले सरकार विपक्षीदल र मधेसबादी दल संग त्यसरीनै तर्सिएको छ झस्किएको छ !

एमालेलाइ कमजोर वनाउने खेल 

माओवादी दलले एमालेलाइ कमजोर वनाउन हदै सम्म जाने रणनीति वनाएको छ!त्यही अभियानमा सात दल एक ठाउमा आइपुगे भने मधेसबादी दल पनि एक हुदै गरेको देखिन्छ!
एमालेलाइ कमजोर वनाउन तत्कालिन समयमा माधव नेपाल समुह पनि अलग्याएकै हो यस्मा प्रचण्डको भुमिका नै रहेको देखिन्छ ! अहिले रावललाइ पाटीबाट निस्कासित गरेपछी  पनि ठुलै समुहले एमाले त्याग गर्दै रावलमा जोडिन पुगे !
अर्को काग्रेसको पकड क्षेत्र भनेको मधेस क्षेत्र नै हो र मधेसबादी दल एक हुदै मधेस क्षेत्रका जनताको भावना विपरित उभिदा काग्रेसमा हुने क्षतिले गर्दा काग्रेसले पनि राजनीतिक रुपले सोच्नु पर्ने हुन्छ! यहा नेर काग्रेस धर्म संकटमा पर्ने हुन्छ !त्यस्तो अवस्थामा यो गठवन्धन कति दिगो र स्थिर हुन्छ यहा प्रस्न गर्ने ठाउ छ?
माधव नेपालले नेतृत्व लिन्छन ?
काग्रेस , माओबादी र समाजवादी दल को गठवन्धनको सरकार वन्दा माधव नेपालले पनि नेतृत्व लिने सहमती भएको थियो हुन पाएनन! अव यै गुन तिर्न  माधव नेपालको हातमा नेतृत्व पर्ने सम्भावना आउदै छ? अहिले एमालेलाइ कमजोर तुल्याउने हो भने माधव नेपालमा नेतृत्व जान सक्ने राजनितिक घटनाक्रमले देखिन्दै छ! माधव नेपालले नेतृत्व लिए अहिले एमालेवाट निस्कासित रावल सहित भर्खरै एमाले परित्याग गरेका सवै माधव नेपालको  समाजवादी दलमा प्रवेस गर्न सक्ने राजनीति आंकलन छ ! र अन्य पनि रावलको कारणबाट एमालेबाट  बहिर्गमन हुने सम्भावना प्रचुर छ! रावल यसै पनि सुरुमा माधव संगै नजिक रहेक थिए र दश भाइ भित्रनै पर्दथिए!
अर्को कुरा एमालेलाइ संगठानिक रुपमा मात्रै हैन जनआधारमा पनि कमजोर वनाउने प्रयत्न रहने देखिन्छ!माधव नेपालले पाटी त्याग गर्दा एमालेलाइ जति नोक्सान र क्षति भयो त्यो भन्दा बडी रावलको कारणबाट हुने देखिन्छ!
शंकर पोखरेल र विष्णु पौडेल रावलको कारणबाट पनि कमजोर हुने राजनीतिक आंकलन गरिन्दै छ! पुर्व तिर रावलको  छविका कारण  एमाले त्याग गर्ने ठुलै जत्था  देखिएको हुदा चैरासीको निर्वाचनमाएमालेलाइ ठुलै धक्का लाग्ने अवस्था आउन सक्ने
अध्यन भएकोले माधव नेपाललाइ नेतृत्व दिने.परिस्थिती  आउन सक्छ !
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x