११ असार २०८३, बिहीबार

हरित अर्थतन्त्र परियोजना अन्तर्गत सीप विकास तालिमको उद्घाटन सत्र सम्पन्न

एसीपी संवाददाता

१२ फाल्गुन २०८१, सोमबार १६:३८ मा प्रकाशित

बर्दिया – बांके युनेस्को क्लब र प्लान इन्टरनेसनलको सहकार्यमा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत सीप विकास तालिमको उद्घाटन सत्र आज सम्पन्न भएको छ ।  ठाकुरबाबा नगरपालिकामा आज उदघाटन सत्र  बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो ।  उक्त कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर तिलक राम लम्साल र उप-मेयर विना कुमारी भट्टराई प्रमुख अतिथि र विशेष अतिथिमा सम्पन्न भएको थियोे  ।  दुवैजनाले अत्यधिक रासायनिक विषादी प्रयोगको हानिकारक प्रभावहरूमा जोड दिँदै हरित व्यापार प्रवर्द्धनका लागि स्थानीय सरकारबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।  वडा अध्यक्षहरू  अमिन थारु, कमल चापाई, र शम्भु प्रसाद थारुले यी उद्यमहरूलाई टिकाइ राख्न बजार प्रवर्द्धनको महत्त्व का बिसयमा प्रकाश पार्नु भएको थियोे ।

यसैगरी, राजापुर नगरपालिकामा भएको उद्घाटन कार्यक्रम पनि रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो ।, जहाँ वडा नं ८ का अध्यक्ष राजेश चौधरी प्रमुख अतिथि रूपमा उपस्थित रहनु भएको थियोे ।  वडा सदस्यहरू  सुशिला नेपाली र रुपसरा थारु पनि कार्यक्रममा सहभागी रहनु भएको थियोे । राजेश चौधरीले रोजगारी सिर्जना र वातावरणीय संरक्षणका दोहोरो फाइदाका लागि तालिमको प्रशंसा गर्नु भयो ।

अन्य प्रमुख सहभागीहरूमा BUC का प्रमुख संरक्षक परवेज अली सिद्दीकी, कार्यवाहक कार्यकारी निर्देशक  महेश नेपाली, बोर्ड सदस्य  भीम चौधरी, MANAS का प्रबन्ध निर्देशक  डम्मर भण्डारी, राष्ट्रिय मानस विकास तालिम संस्थाका निर्देशक  राकेश रोशन धमला, परियोजना अधिकृत राधे कृष्ण थारु, र सुश्री संजीता रिजाल र सुश्री कञ्चन दहित समेतको उपस्थिति रहेको हो ।

तालिम कार्यक्रममा विषादीरहित तरकारी खेतीमा विशेषज्ञता हासिल गरेका २१ सहभागीहरूलाई नर्सरी, बिरुवा रोपण, स्याहार, कटनी र बजार व्यवस्थापनको प्रशिक्षण। यसका साथै, १४ जना प्रशिक्षार्थीहरू रतन र बाँसको हस्तकला निर्माणमा विशेषज्ञता हासिल गरिरहेका छन् भने १५ जना सहभागीहरू स्थानीय कुखुरा पालनमा तालिम लिइरहेका छन्।  सीता चौधरी, ओम प्रकाश चौधरी, र  बिकाश चौधरीजस्ता दक्ष प्रशिक्षकहरूले सत्रहरू सञ्चालन गर्दै दिगो जिविकोपार्जनका लागि व्यापक सीप विकास सुनिश्चित गरिरहेको बाँके युनेस्को क्लबले जनाएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x