३२ असार २०८३, बिहीबार
युक्रेनलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना
बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले रुस–युक्रेन युद्ध अन्त्य गर्न र युक्रेनलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना अघि सारेका छन् ।
‘हामी आज इतिहासको दोबाटोमा छौँ,’ युरोपका १८ देशका नेताहरू सहभागी सम्मेलनपछि स्टार्मरले भनेका छन् । उक्त सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएका थिए ।
सम्मेलनपछि युक्रेनले बलियो साथ पाएको महसुस गरेको र लामो समयदेखि नदेखिएको उच्च स्तरको युरोपेली एकता देखिएको जेलेन्स्कीले बताए ।
Subscribe
Login
0 Comments



