४ असार २०८३, बिहीबार

आर्थिक शोषण विरुद्ध जनजागरण अभियान अन्तर्गत आइतबार मिटर ब्याज विरुद्ध धर्ना र ज्ञापन-पत्र दिने

एसीपी संवाददाता

२४ फाल्गुन २०८१, शनिबार १७:१९ मा प्रकाशित

काठमाडौं -मिटर ब्याज अनुचित लेनदेन तथा ठगी विरुद्ध जांचबुझ आयोग गौरी बहादुर कार्की को अध्यक्षता गठन भयो र  यस्तै मिटर ब्याज सम्बन्धि जांचबुझ आयोग २०२६  टेक बहादुर कार्की अध्यक्षतामा गठन भएको र हाल सम्म समाधान हुन सकेन भन्दै भोलि विभिन्न प्रशासन कार्यालयमा धर्ना दिने भएका छ्न । आर्थिक शोषण विरुद्ध जनजागरण अभियान अन्तर्गत भोलि आइतबार मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल पश्चिम कमाण्डले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिने र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन – पत्र बुझाउने भएको छ ।साथै विभिन्न जिल्ला बाट यस संगठनमा आबद्ध ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपालले थप जिल्लाहरु जिल्ला प्र्शासन कार्यालयमा धर्ना दिने र ज्ञापन – पत्र बुझाउने बताएको छ । वित्तीय शोषणबाट आजित पीडितहरुको बृहत् उपस्थितिमा आन्दोलनका कार्यक्रमहरु हुदै आएको छ । कार्यक्रममा केन्द्रीय सदस्यन लगायत प्रमुख अगुवाहरुको उपस्थिती हुने आयोजकले बताएको हो । पीडित विरोधी गतिविधिका विरुद्ध ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण समेत गराउने र धर्ना दिने कार्यक्रम रहेको हो । भोलि शान्ति पुर्बक एक दिने धर्ना कार्यक्रम का साथै जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन – पत्र बुझाउने बताएका हुन । ब्याज पीडित लाई न्याय देव , पुर्ब न्यायाधीशको नेतृत्वमा बनेको न्यायीक आयोगलाई सक्रिय बनाउन भन्दै दबाव मुलक धर्ना दिने बताएका हुन ।
हाल सम्म ४४ वटा जिल्ला बाट १ लाख ५० हजार निवेदन परेको हो जस मध्ये ३३ जिल्ला मा उक्त संगठनमा आबद्ध रहेका छ्न । बाँके इन्चार्ज जि नुरैन मुल्तमिस ( साहिल हल्वाई )ले जनाएका हुन ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x