चिनियाँ एप टिकटकमा अस्लिल भिडियोको बिगबिगी
केन्यामा टिकटक निकै लोकप्रिय छ। यो मञ्चमा मानिसहरू प्रायः नाचगान गरेका भिडिओ र अन्य रोचक तथा ठट्यौला सामग्री हाल्छन्।
टिकटकमा ‘लाइभ’ बस्न र एकअर्कालाई ‘गिफ्ट’ पठाउन पनि मिल्छ। ‘गिफ्ट’ आदानप्रदान गर्ने सुविधा टिकटकरहरूका लागि आयआर्जन गर्ने माध्यम पनि बनेको छ। तर त्यसको एउटा नराम्रो पक्ष पनि देखा परेको छ – १५ वर्षे किशोरीदेखि अन्य महिलाहरू टिकटकमा यौनजन्य गतिविधि गरेर पैसा कमाउने लोभमा फसेको र तीमध्ये केही उत्पीडनको सिकार हुन थालेको पाइएको छ।
छिटो र सजिलोसँग पैसा कमाउन सकिने लोभ लेखाएर ‘डिजिटल दलालहरू’ले कम उमेरका किशोरी र महिलालाई ‘लाइभस्ट्रीम’मा अश्लील हाउभाउ देखाएर ‘गिफ्ट’ बटुल्न लगाउने गरेका छन्। त्यस्ता गिफ्ट पैसासँग साट्न मिल्छ।
‘बीबीसी अफ्रिका आई’ले त्यसो यौन उत्पीडन र त्यसबाट कसले नाफा पाउँछ भन्ने विषयमा अनुसन्धान गरेको छ।बिबिसीनेपाली बाट



