भारतले युद्धको घोषणा नगरी ४ दिनमै पाकिस्तानलाई घुँडा टेक्न बाध्य बनायो
एजेन्सी – भारतले युद्धको घोषणा नगरी ४ दिनमै पाकिस्तानलाई घुँडा टेक्न बाध्य पारेको तरिका अहिले विश्वभर चर्चा भइरहेको छ। अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले भारतको ‘अपरेशन सिन्दूर’ र पाकिस्तानको अपरेशन ‘बुन्यान उल मार्सूस’ को तुलना गरेका छन् र भारतलाई एक बलियो क्षेत्रीय शक्ति भनेका छन्। X मा रहेको एक पोस्टमा, सालेहले भारतले आफ्नो सुनियोजित रणनीति मार्फत पाकिस्तानलाई हरेक क्षेत्रमा कसरी पराजित गर्यो भनेर व्याख्या गरेका हुन । उनले बिश्वले हेर्ने पर्ने कुरा के छ भने भारतले पाकिस्तानमा नगएर कसरी पाकिस्तानको १ सय किलोमीटर भित्र आफ्नो अभियानलाई सफल पार्दै आतंकवादीका मुख्य ठेगानामा आक्रमण गरि आतंककारीका नायके लाई मारेको छ । 
“पहिलो पटक, भारतले आतंकवाद र यस लाई पालेका दुई फरक कुरा हुन् भन्ने धारणा तोडेको छ। यस पटक उनले दुवैलाई एउटै मापदण्डमा राखे र एकैसाथ लक्षित गर्दै आक्रमण गरेको हो । यसले पाकिस्तानका केही दुष्ट शक्तिशाली अधिकारीहरूले मात्र आतंकवादलाई प्रोत्साहन गर्छन् भन्ने धारणाको पनि अन्त्य गरेको बताए । यसो गरेर उनले स्पष्ट पारे कि सम्पूर्ण राष्ट्र पाकिस्तान आतंक फैलाउनुको पछाडि छ र यदि कसैले केही गर्छ भने सबै विरुद्ध कारबाही गरिनेछ । अब भारत तिर हुने जुनसुकै आतंककारी गतिविधि युद्ध मानिने शर्त राखेको छ ।



