भारतद्वारा ‘सगरमाथा संवाद’ का लागि १५ वटा विद्युतीय गाडी सहयोग
काठमाडौं – भारतले ‘सगरमाथा संवाद’ का लागि १५ वटा विद्युतीय गाडी प्रदान गरेको छ ।
भारत सरकारले सगरमाथा संवादको पहिलो संस्करणका लागि १५ वटा विद्युतीय गाडी उपलब्ध गराएको छ । नेपाललाई समय समयमा भारतले आवश्यकता अनुसारको सहयोग गर्दै आएको हो । 
आज परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल् स्थित रहेको भारतिय दूतावासका राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई गाडी हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा नेपाल सरकारको तर्फबाट सवारी साधनहरू प्राप्त गर्दै परराष्ट्र मन्त्रीले संवादको आयोजनालाई सहजीकरण गर्न भारतको सहयोगको लागि कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विकास साझेदारहरू मध्ये एक मुखय सहयोगीको रूपमा भारतको भूमिकालाई स्वीकार गर्दै धन्यवाद दिनु भयो । 
मित्रता र सद्भावनाको एक महत्वपूर्ण संकेतको रूपमा, नेपालका लागि भारतिय राजदुत श्रीवास्तवले आज नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजुलाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभयो । यो सवारी साधन काठमाडौँमा आयोजना हुने ३ दिने ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयवस्तुमा आयोजना हुने ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहज बनाउन नेपाल सरकारलाई भारतको तर्फबाट प्रदान गरिएको सहयोगको उपहार हो।
हस्तान्तरण समारोहमा बोल्दै राजदूतले यी सवारी साधनहरूले संवादको समयमा पाहुना र अधिकारीहरूको आवागमनलाई सहज बनाउन मद्दत गर्ने कुरा उल्लेख भन्नू भयो । उहाँले २०२२ मा संघीय र प्रादेशिक निर्वाचन सञ्चालनका लागि भारत सरकारले कानून प्रवर्तन निकायहरू र नेपाल निर्वाचन आयोगलाई प्रदान गरेको यस्तै रसद सहयोगको सम्झना गर्नुभयो। 
उहाँले संवादको लागि नेपाल सरकार र जनतालाई शुभकामना दिनुभयो र पारस्परिक प्रगति र विकासलाई प्रवर्द्धन गर्न नेपालसँग साझेदारी गर्ने भारतको निरन्तर प्रतिबद्धतालाई पुन: पुष्टि गर्नुभयो।
सगरमाथा संवाद आउँदो जेठ २, ३ र ४ गते काठमाण्डौमा हुने भएको छ । नेपाललाई भारत सरकारले स्वास्थ्य , शिक्षा , बाटो , पर्यटक लगाएतको छेत्रमा सहयोग दिदै आएको छ ।
सवारी साधनहरू नेपाल सरकारको अनुरोधमा हस्तान्तरण गरिएको र संवाद सञ्चालनको लागि रसद व्यवस्थालाई अझ बढाउन उपयोगी साबित हुनेछ भारतिय राजदुतले बिश्वास व्यक्त गर्नु भयो ।
भारत र नेपालले बहुआयामिक र बहु-क्षेत्रीय विकास साझेदारीको रूपमा भारत रहेको छ । दुवै देशका जनताको एक अर्काको सम्बन्ध लाई थप बलियो अधार र जनता -जनताबिचको सम्बन्ध विकासमा योगदान पुर्याएकोमा भारत सरकारको निरन्तर सहयोग हुँदै आएको छ ।
नेपालमा आएको भुकम्प पछि भारत सरकारले काभ्रे , नुवाकोट , गोर्खा जस्ता थुप्रै जिल्लाहरु विद्यालय निर्माण कार्यमा सहयोग गर्दै आएको हो ।



