३२ असार २०८३, बिहीबार

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

एसीपी संवाददाता

१० असार २०८२, मंगलवार १८:२८ मा प्रकाशित

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान गरेको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यहि **असार १२ देखि १४ गतेसम्म पोखरामा हुने ‘गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता’**मा सहभागी हुन लुम्बिनी प्रदेशको महिला टोली आज पोखरातर्फ प्रस्थान गरेको छ।
१३ सदस्यीय टोलीलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बाँसगढी बर्दियामा आयोजित बिदाई कार्यक्रममार्फत औपचारिक रूपमा बिदाई गरियो।
कार्यक्रममा विभिन्न वक्ताहरूले प्रेरणादायी मन्तव्य दिएका थिए। लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष जयन्त कुमार शर्माले टोलीको मेहनत, समर्पण र अनुशासनको प्रशंसा गर्दै महिला खेलाडीहरूले प्रदेशको गौरव बढाउने काम गर्दै आएको बताउनुभयो। उहाँले गण्डकी कपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीको झन्डा फर्फराउनेमा आफू विश्वस्त रहेको जीकिर गर्दै यो प्रतियोगिता केवल प्रतियोगिता मात्र नभई नेतृत्व र प्रेरणाको अवसर पनि भएको उल्लेख गर्नुभयो।

उहाँले टोलीलाई रु. ३,००० खाजाका लागि सहयोग गर्दै सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो।त्यस्तै लुम्बिनी प्रदेश ह्याण्डबल संघका अध्यक्ष खगेन्द्र चन्दले संघ सधैं खेलाडीहरूको साथमा रहने र आगामी दिनमा थप अवसर सृजना गरिने प्रतिबद्धता जनाउनुभयो।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्दले खेलकुद क्षेत्रले महिला सशक्तिकरणमा पुर्‍याउँदै आएको भूमिकाको उल्लेख गर्दै खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई नेतृत्व, अनुशासन र सशक्तिकरणको माध्यम पनि भएको बताउनुभयो । उहाँले टोलीलाई नगद २ हजार रुपैया सहयोग गर्नुभयो ।
खेलप्रेमी समाजसेवी सोनु सिद्दिकीले खेलाडीहरूप्रति सहानुभूति र उत्साह व्यक्त गर्दै १३ वटा खेलपोशाक सहयोग गर्नुभयो। उहाँले महिला खेलाडीहरूको उत्साह र मनोबल बढाउन आफू सधैं तयार रहेको बताउनुभयो।
कार्यक्रममा सहभागी खेलाडी शर्मिला केसीले सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई आभार प्रकट गर्दै सबैबाट पाएको समर्थन र उत्साहले खेलाडीहरुको मनोबल उच्च बनाएको बताउनुभयो। गण्डकी कपमा राम्रो प्रदर्शन गरेर सबको विश्वास जित्ने उहाँको भनाई थियो। लुम्बिनी प्रदेशको टोलीले गण्डकी कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमले खेलाडीहरूमा उत्साह, मनोबल र प्रदेशप्रतिको जिम्मेवारीको भावना थप मजबुत बनाएको देखिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x