११ असार २०८३, बिहीबार

सभापति देउवालाई गाली नगर्न शेखरको सुझाव , वहाँको योगदान हामी भुल्नु हुदैन

एसीपी संवाददाता

२२ असार २०८२, आईतवार १२:२२ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई गाली नगर्न कार्यकर्तालाई आग्रह गरेका छन्। शनिवार गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीका अवसरमा आयोजित समारोहमा बोल्दै शेखरले यस्तो आग्रह गरेका हुन्।

‘नेपाली कांग्रेसकै कुरा गरौँ। सभापति जीलाई, म फेसबुक त हेर्दिनँ, सामाजिक सञ्जालहरू। तर, तपाईँहरू गाली गरिरहनुहुन्छ। लेखिरहनुहुन्छ, भनिरहनुहुन्छ,’ शेखरले भने, ‘पहिला उहाँले गरेको योगदानलाई हेर्नुपर्‍यो। सकारात्मक सोचले तपाईँहरूले कहिल्यै लेख्नुभएको छ? म सोध्दै छु।’

त्यसपछि उनले देउवा जस्ता नेताले बिपी कोइरालाको आह्वानमा खाएको दुःख सम्झन आग्रह गरे। उनले भने, ‘सायद उहाँहरूजस्ता व्यक्तिहरूले बिपीको आह्वानमा जेल नगएको भए, डन्डा नखाएको भए, दुःख नगरेको भए तपाईँहरू यहाँ हुनुहुन्थ्यो? भनेर म सोध्छु। तपाईँहरूले कहिल्यै सोच्नुभएको छ यो कुरा?’

पुर्खा र सिनियरले गरेका राम्रा कुरा सबैले भन्न सक्नुपर्ने पनि शेखरले बताए।  ‘हामीहरूले सोच्नुपर्‍यो, हाम्रा पुर्खाहरूले, हाम्रा सिनियरहरुले गरेका राम्रा कुरा पनि भन्नसक्नुर्‍यो। नेगेटिभ कुरा मात्रै अगाडि बढाए हाम्रो सोचै निराशाजनक हुन जान्छ,’ उनले भने। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x