३ मंसिर २०८३, बुधबार
इजरायलको लक्ष्य अब गाजा सिटि ठुला ठुला टावरहरु
बिकास खडका , काठमाडौं ।हमासले गरेको हमला पछि इजरायली सेनाले गाजा गरि रहेको आक्रमण निरन्तर जारी राखेको छ ।
अहिले इजरायलले गाजा सिटीमा रहेका अग्ला भवनहरूलाई निशाना बनाई रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको हो ।
बीबीसीका अनुसार, इजरायलले गाजा सिटीका ठूला टावरहरूलाई निसाना बनाएको यो दोस्रो दिन हो । उक्त समाचारलाई इजरायली समाचार पत्रहरु प्रकाशित गरिएको र समाजिक संजालहरुमा समेत शेयर गरिएको हो ।
इजरायलले अहिलेसम्म आक्रमण नरोकेको बताएको छ ।
यो युद्ध हाम्रो मानसमानको लागि गाजा रहेसम्म हामी आक्रमण गरि रहने इजरायली नेताको भनाइ अन्तर्राष्ट्रिय समाचार माध्यमले प्रस्तुत गरेका हुन ।
Subscribe
Login
0 Comments


