तिब्बत गुरु दलाईलामाले दिए नेपालको अन्तरिम सरकारका प्रधानमन्त्रीलाई बधाई
एजेन्सी – तिब्बती धार्मिक गुरु दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्रीलाई बधाई दिनु भएको छ । शायद इतिहासमा नेपालमा प्रधानमन्त्री नियुक्त हुँदा पहिलो बधाई हो । नेपालमा अन्तररिम सरकार सुशीला कार्की नियुक्त हुँदा बधाई दिएका छन् । लामाको कार्यालयमार्फत् सार्वजनिक सन्देशमा भनिएको छ, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् ।
तिब्बतमा चीन को कब्ज़ा हुँदा
१९५० मा चीन ले तिब्बत लाई कब्ज़ा लिएको थियो त्यस पछि दलाईलामा १९५९ मा दलाई लामा चिनियाँ कम्युनिस्ट शासनको खिलाफ विद्रोह गर्दै भारतमा आएर शरण लिनु परेको थियोे । भारत मा लामा निर्वासन जीवन बिताउदै धर्मशालामा उनको मुख्यालय रहेको छ । दलाई लामा करुणा के बोधीसतवका का अवतार हुन यस्तो मान्यता छ । उनी तिब्बतका राष्ट्राध्यक्ष र आध्यात्मिक गुरुका रूपमा दुनिया भरमा करुणा, शांति और अहिंसा को संदेश दिने गर्छन् । लामा तिब्बत को स्वायत्तता का प्रतीक छ्न्न । चीन की कम्युनिस्ट विचारधारा मानदैनन जस कारण उनी भारत मा निर्वासित हुन ।
नेपालको सम्झना
‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु।’
लामाले कार्कीको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन् ।



