११ भाद्र २०८३, बिहीबार

एसीपी संवाददाता

७ आश्विन २०८२, मंगलवार २१:५३ मा प्रकाशित

यूनिफिकेशन चर्चको औपचारिक नाम ‘द फ्यामिली फेडरेशन फर वर्ल्ड पीस एन्ड यूनिफिकेशन’ हो।

आफू ‘मसिहा’ अर्थात् वा मुक्तिदाता भएको दाबी गर्दै मून सन-म्यङले सन् १९५० को दशकमा दक्षिण कोरियामा उक्त चर्च स्थापना गरेका थिए।

उक्त चर्चले सामूहिक विवाह गराउँदै आएको छ। चर्चले आयोजना गर्ने सामूहिक समारोहमा सहभागी हजारौँ जोडीले एकैपटक बिहे गर्छन्। तीमध्ये केहीको जोडी उक्त चर्चमार्फत् मिलेको हुन्छ।

केही आलोचकहरू उक्त चर्चका अनुयायीहरूको समूह “छुट्टै सम्प्रदायजस्तो” बनेको ठान्छन्।

वकिलहरूले उक्त चर्चले आफ्ना अनुयायीहरूलाई ठूलो मात्रामा दान दिन बाध्य पारेको आरोप लगाएका छन्। उक्त चर्चका संस्थापक मूनको नामबाट उनीहरूलाई बोलीचालीको भाषामा “मूनी” पनि भनिन्छ।

जापानमा पूर्वप्रधानमन्त्री शिन्जे आबेको हत्या भएपछि त्यहाँ यूनिफिकेशन चर्चबारे चर्चा चुलिएको थियो। सन्दिग्ध हत्याराले उक्त सम्प्रदायका कारण आफ्नो परिवार टाट पल्टिएको र आबेले यूनिफिकेशन चर्चको “प्रवर्धन” गरेकाले आफू उनीसँग रुष्ट भएको दाबी गरेका थिए।

विश्वका विभिन्न देशमा उक्त समूहमाथि प्रतिबन्ध लागेको छ। जापानमा त्यसलाई विघटन गर्न आदेश दिइएको छ।

यूनिफिकेशन चर्च नेपालमा सन् १९७५ देखि सक्रिय भएको बताइन्छ। उक्त चर्चका नेता मूनले सन् २००५ मा नेपालको भ्रमण गरेका थिए।

सो चर्चले नेपालमा आयोजना गरेका सार्वजनिक कार्यक्रमहरूमा विभिन्न राजनीतिक दलका नेताहरू पनि सहभागी हुँदै आएका छन्।

यूनिफिकेशन चर्च के भन्छ

पूर्वराष्ट्रपति यून र उनकी पत्नी किम

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,दक्षिण कोरियामा पूर्वराष्ट्रपति दम्पती अहिले छुट्टाछुट्टै मुद्दामा जेलमा छन् (फाइल तस्बिर)

किम र क्वनसँग सम्बन्धित आरोपहरूबारे टिप्पणी गर्दै यूनिफिकेशन चर्चले आफ्ना भूतपूर्व कर्मचारीतिर औँला तेर्स्याएको छ। उपहार दिने काम ती व्यक्ति एक्लैले गरेको उसको तर्क छ।

ती व्यक्ति पनि पक्राउ परेका छन्।

गत महिना भूतपूर्व प्रथम महिला किममाथि विभिन्न अभियोगमा मुद्दा दायर भइसकेको छ। त्यस्ता अभियोगमा घुसखोरी र धितोपत्र बजारमा हिनामिना पनि संलग्न छन्। यद्यपि उनले आफूमाथि लागेका आरोपको खण्डन गरेकी छन्।

उनीविरुद्धको मुद्दामा यो साता सुनुवाइ सुरु भयो।

किम पक्राउ पर्दा उनका पति तथा पूर्वराष्ट्रपति यून पनि जेलमै थिए। दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपतिको दम्पती एकैपटक जेल परेका हुन्।

दक्षिण कोरियामा सैन्य कानुन लागु गर्ने प्रयास विफल भएपछि यूनमाथि लागेको छुट्टै मुद्दाको सुनुवाइका क्रममा उनी गत ज्यानुअरी महिनामा पक्राउ परेका थिए।

गत वर्ष दक्षिण कोरियामा विकसित अनपेक्षित घटनाक्रमपछि देशमा अन्योल उत्पन्न भएको थियो। अन्ततः यूनमाथि महाभियोग लाग्यो र उनी पदमुक्त भए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x