११ भाद्र २०८३, बिहीबार

दिपेन्द्र बिष्टद्वारा मोहम्मद डेको पावन अवसरमा शुभकामना व्यक्त

एसीपी संवाददाता

११ भाद्र २०८३, बिहीबार ११:३५ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, भदौ १० —  नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय उपाध्यक्ष (एसोसिएट) तथा नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य दिपेन्द्र बिष्टले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व मोहम्मद डे (मवलिद अन-नबी) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

बिष्टले एक शुभकामना सन्देश जारी गर्दै समानता, सामाजिक न्याय र समृद्धिको कामना सहित हजरत मोहम्मद (सल्लल्लाहू अलैहि वसल्लम) को जीवनदर्शनले हामी सबैको जीवनमा शान्ति, भाईचारा, करुणा र सद्भावको सन्देश फैलाओस् भनी कामना गर्नुभएको छ। यस्ता पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावनालाई अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x