१० भाद्र २०८३, बुधबार

विपद्को बेला हवाई भाडा अस्वभाविक रूपमा बढेको भन्दै आरजीबी निहालको गुनासो: “नाफाभन्दा मानवता ठूलो बनाऔं”

एसीपी संवाददाता

११ भाद्र २०८३, बिहीबार ००:०६ मा प्रकाशित

काठमाडौं — देशभर विपद्को कठिन समयमा एकतर्फ नागरिकहरू एकजुट भएर एक-अर्कालाई सहयोग गरिरहेका छन् भने अर्कोतर्फ संकटको मौका छोपेर हवाई भाडा अस्वभाविक रूपमा बढाइएकोमा तीव्र आक्रोश व्यक्त गरिएको छ। फेसबुक प्रयोगकर्ता आरजीबी निहाल (Rgb Nihal) ले सामाजिक सञ्जालमार्फत यो विषयमा कडा गुनासो पोख्दै एयरलाइन्स कम्पनीहरूको प्रवृत्तिप्रति प्रश्न उठाएका छन्।

निहालले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “जब सडक बिग्रिन्छ, बाटो बन्द हुन्छ वा कुनै विपद् आउँछ, त्यही बेला एयरलाइन्सको भाडा बढ्ने क्रम किन सुरु हुन्छ?” उनले यो पहिलो पटक नभएको बताउँदै सडकको बाटो बिग्रियो कि हवाई भाडा बढ्ने र मानिसहरू बाध्यतामा पर्दा भाडा झन् महँगो हुने प्रवृत्तिले सर्वसाधारणलाई थप सास्ती दिएको उल्लेख गरेका छन्।

आपत्को बेला घर फर्किनुपर्ने, परिवारलाई भेट्न, वा उद्धार तथा राहतका लागि यात्रा गर्नुपर्ने नागरिकहरूलाई यस्तो समयमा सहयोग र सहुलियत दिनुको सट्टा उनीहरूको बाध्यतालाई नाफा कमाउने अवसर बनाइएकोप्रति उनले आपत्ति जनाएका छन्। साथै, एयरलाइन्स कम्पनीहरूलाई प्रश्न गर्दै उनले भनेका छन्, “यस्तो अवस्थामा यात्रुहरूलाई तपाईहरूले कति सहयोग गर्न सक्नुहुन्छ? आज नाफाभन्दा मानवता ठूलो बनाऔं।”

तस्बिरमा देखिएअनुसार संकटको यस घडीमा नेपालगन्जदेखि काठमाडौँको हवाई भाडा बढेर ११,४८० देखि १२,४८० रुपैयाँ पुगेको छ र टिकटहरू समेत ‘नन्-रिफन्डेबल’ राखिएका छन्। यस किसिमका गतिविधिले विपद्को समयमा पीडित नागरिकलाई थप मारमा पारेको भन्दै सर्वसाधारणले चर्को विरोध गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x