१० भाद्र २०८३, बुधबार

सरसफाइ अभियानमा मुस्लिम मुक्ति मोर्चाका युवा नेता सल्मानी

एसीपी संवाददाता

१० भाद्र २०८३, बुधबार २१:०९ मा प्रकाशित

नेपालगन्ज, भदौ १० गते — मुस्लिम मुक्ति मोर्चा नेपाल, लुम्बिनी प्रदेश कमिटीका प्रदेश सदस्य तथा युवा नेता मो. सारिक सल्मानीले आज नेपालगन्जमा सरसफाइ अभियान सञ्चालन गरेका छन्।

समाजमा स्वच्छता र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सल्मानीले आफैं सहभागी भएर सार्वजनिक स्थानमा सरसफाइ गरेका हुन्। उनले सफा र स्वच्छ वातावरण निर्माण गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको बताउँदै नियमित सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्।

युवा पुस्तालाई सामाजिक तथा जनहितका काममा सक्रिय बनाउने उद्देश्यले आफूले सरसफाइ अभियानलाई प्राथमिकता दिएको सल्मानीको भनाइ छ। उनका अनुसार स्वच्छ वातावरणले स्वस्थ समाज निर्माणसँगै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्छ।

सरसफाइ अभियानमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका सल्मानीले आगामी दिनमा पनि जनचेतनामूलक तथा सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने बताएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x