११ असार २०८३, बिहीबार

ओली र लेखकसहित पाँच जनालाई विदेश जान रोक्न सिफारिश

एसीपी संवाददाता

१२ आश्विन २०८२, आईतवार २०:१२ मा प्रकाशित

( बिप्स ) जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन र काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सिफारिस गरेको छ ।

समितिले जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको र छानबिनको क्रममा कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने हुदा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई सिफारिस गरेको हो ।

सिफारिस गरिएकाहरुमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व गृहमन्त्री रमेश लेखक, पुर्व गृह सचिव गोकर्ण मणि दवाडी, पुर्व राष्टिय अनुसन्धान प्रमुख हुतराज थापा र पुर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल रहेका छन् ।

साथै समितिले अनुसन्धान गर्न विज्ञहरुको आवश्यक रहेको भन्दै आवश्यक विज्ञ जनशक्तिको माग गर्ने निर्णय गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x