दुर्गा प्रसाईंले १५ कात्तिकपछि घोषणा गरेको आन्दोलन र सम्भावित बिचार बिमर्श
प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले शनिबार चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग दिगो सुरक्षा ब्रिफिङ गरी दुर्गा प्रसाईंले १५ कात्तिकपछि घोषणा गरेको आन्दोलन र सम्भावित खतरा बारे विचार-विमर्श गरे। बैठकमा सुरक्षा प्रमुखहरूले हालसम्म संकलित तथ्याङ्क र जोखिम विश्लेषण प्रस्तुत गरेका थिए।
सुरक्षा निकायहरूले विशेषगरी प्रसाईं समूहले भाडामा मान्छे भेन्ट गरेर ठूलो भीड जम्मा गर्नसक्ने र गत चैत १५ गते तीनकुने घटनाजस्ता हिंसात्मक गतिविधि दोहोरिनसक्ने सम्भावनामा चिन्ता जनाए। राइडर–इनड्राइभजस्ता माध्यम प्रयोग गरी आन्दोलन प्रभावित पार्न सकिने जोखिमसमेत उल्लेख भयो।
सरकारको प्राथमिकता संवादमार्फत समाधान खोज्नु भएकोले पहिले प्रसाईं र उनको टिमलाई बोलाएर सम्झाउने प्रयास हुने निर्णय गरिएको छ। त्यसपछि पनि आन्दोलित हुँदै हिंसामा उत्रिए कडा कर्यवाही गर्ने तयारी कायम राखिएको र चारवटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको जानकारी दिइयो।


