३ मंसिर २०८३, बुधबार
भारतको राजधानी दिल्लीमा बिस्फोट पछि सिमामा सुरक्षा ब्यवस्था कडा
सोमबार साँझ करिब सात बजे दिल्लीको लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै चलिरहेको कारमा विस्फोट भएको छ ।
बिस्फोट पश्चात् नेपाल भारत सिमानामा पनि कडाई गरिएको छ । आवातजावत गर्ने लाई कडा निगरानीमा पारिएको छ ।
उक्त बिस्फोटमा परी दुई महिलासहित नौ जनाको मृत्यु भएको छ विस्फोटमा २४ जना घाइते भएका हुन ।
विस्फोट हुनुभन्दा ठीक अगाडिको सीसीटीभी फुटेज बाहिर आएको छ, जसमा पार्किङबाट निस्किरहेको सेतो I-२० कार देखाइएको छ। यो आतंककारी डा. मोहम्मद उमरको भएको आशंका गरिएको छ ।
हालै, जम्मू कश्मीर प्रहरीले हरियाणाको फरीदाबादबाट लखनऊसम्म अपरेशन गरेको थियो र २९०० किलोग्राम विस्फोटक पदार्थ (संदिग्ध अमोनियम नाइट्रेट) बरामद गरेको थियो।
यस अपरेशनमा फरीदाबादका डा. मुजम्मिल शकील र लखनऊकी महिला डाक्टर शाहीन शाहिदलाई पक्राउ गरिएको थियो।
Subscribe
Login
0 Comments


