११ जेष्ठ २०८३, सोमबार

सुदन गुरुङको खुल्ला चेतावनी किन आयो ?

एसीपी संवाददाता

५ मंसिर २०८२, बिहीबार ११:२४ मा प्रकाशित

हाम्रो बारा जिल्ला साहसी संयोजक सम्राट उपाध्यायको नेतृत्वमा भइरहेको थियोे ।

शान्तिपूर्ण कार्यक्रममा एमालेद्वारा परिचालित गुन्डा समूह प्रवेश गरी जेनजी साथीहरूलाई अपमान गर्दै कुटपिट गरेको घटना गृहमन्त्रीको लाचारीपनले भएको हो।

गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट, र Gen Z भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो। यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरुलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देश प्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने “मलाई पनि पक्राउ गर” राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु।

हत्याराहरुले हामीलाई खुल्ला चुनौती दिदै हिड्ने र सरकार चुप बस्ने हो भने यो ज्वालामुखीको उभार ठूलो हुने वाला छ। हेक्का रहोस् ।

आज देखिएको प्रतिक्रिया त केवल एउटा झल्को मात्रै हो के हुन सक्छ भन्नेको ।

हाम्रा दाजुभाइहरूलाई छोएर कसैलाई खेल्न दिने छैनौं।

हाम्रो मौनतालाई कमजोरी नठानु होला भनेका छ्न । 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x